×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिप्रदीको ५१औं सर्भिस सेन्टर ग्वार्कोमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिप्रदीको ५१औं सर्भिस सेन्टर ग्वार्कोमा

Artha Sarokar

२४ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ग्वार्कोमा आफ्नो ५१औं सर्भिस सेन्टरको संचालनमा ल्याएको छ ।
जयदेव ट्रेडिङ सिप्रदीको ११औं आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर (सिओओ) राजेशप्रसाद गिरी तथा जयदेवका संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरे ।
उक्त अवसरमा दाहालले सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदै आएको बताए । उनले आफ्नो टिमले २४सैं घण्टा सेवा प्रदान गरी टाटा मोर्टसका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्मविश्वास बढाउन सहयोग गर्ने बताए ।
त्यसैगरी सिप्रदी कम्पनीका सिओओ राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै भने ‘कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्त गर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्व हो, र सिप्रदीमा हामी यो सुनिश्चित गर्दछौं कि हाम्रा ग्राहकहरुले सो अधिकार प्राप्त गर्नु हुन्छ । हाम्रा सेवाहरू र ५१औं सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्घता देखाउँछ ।’
जयदेव ट्रेडिङले पिकअप गाडीहरू, साना कमर्सियल भेइकलहरू र प्यानल भ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी