×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने सरकारी निर्णयमा मन्त्री मात्रिकाप्रसाद यादवले लगाए सचिवहरुलाई दोष (भिडियो रिपोर्ट)

PRIME CA

फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने सरकारी निर्णयमा मन्त्री मात्रिकाप्रसाद यादवले लगाए सचिवहरुलाई दोष (भिडियो रिपोर्ट)

२३ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषाधि परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ । मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको पनि बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ । मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पार्नुभयो । उहाँले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराउनुभयो ।
मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताउनु भयो । आफूले ती विषयमा अध्ययन नगरी सो निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवको स्विकारोक्ति थियो । उहाँले सो निर्णय कसैको दवावमा परेर नगरेको पनि पटक पटक दोहो¥याउनुभयो । उहाँले आफूले हरेक निर्णय राष्ट्रको हितमा गरिरहेको दावी पनि गर्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवका कारण सो निर्णयमा गल्ती हुन पुगेको स्पष्टिकरण दिनु भएको थियो । सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषाधि परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भईरहेको छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: