काठमाडौँ – निर्जीवन बीमाको क्षेत्रमा उदयमान बीमा कम्पनी अजोड इन्स्योरेन्स प्रालिले आफ्नो प्रथम बर्षको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा बिबिधि कार्यक्रमहरु गर्दै पहिलो बार्षिकोत्सब मनाइरहेको थियो । कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्यो, जसमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ५९ जनाको सहभागीता रहेको थियो ।
त्यस्तै, कम्पनीले बीमा का बिबिध फाइदाहरुबारे आम जनताका माझ पूर्याउन सहज होस भनी बिभिन्न चेतना मुलक सन्देश प्रवाह हुने प्ले कार्ड व्यानर सहित प्रभात फेरि नगरको मुख्य स्थानहरु सुन्धारादेखि रत्नपार्क, भृकुटी मण्डकप, भद«काली, सहिदगेट लगायत क्षेत्र यात्रा गर्यो ।
प्रधान कार्यालयमा आयोजित कार्यक्रमा मा कम्पनीले स्थापनाको छोटो समयमा उल्लेख्य प्रगती गर्न सफल भएकोमा उपस्थीत शेयरधनीले व्यवस्थापन प्रति कृतज्ञता व्यक्त समेत गरे । त्यसैगरी कम्पनीले संस्थागत उत्तर दायीत्व अन्तर्गत आगामी २३ गते सोमबार नैकापस्थित एक सरकारी बिध्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ ।
प्रधान कार्यालय सहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी प्रदान गरिरहेको छ । कार्यक्रममा कमपनिले ३६५ दिन नै सेवा दिने, फास्ट ट्रयाकबाट दाबी भूक्तानी दिने, कंपनिको डिजिटल सेवा बिस्तार गर्ने जस्ता बिषयहरुमा जानाकारी दिइएको थियो।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्