काठमाडौं – एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्यूआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हाे ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले र सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्रीका साथमा प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका हुन् । क्यूआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशियाको मोबाइल एपमार्फत् क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सकिन्छ र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्