×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकको एक्सटेन्सन काउन्टर भिमदत्त नगरपालिका परिसरमा, नगर प्रमुख बिष्टद्वारा उद्घाटन

PRIME CA

कञ्चन डेभलपमेन्ट बैंकको एक्सटेन्सन काउन्टर भिमदत्त नगरपालिका परिसरमा, नगर प्रमुख बिष्टद्वारा उद्घाटन

१२ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

भिमदत्त

काठमाडौँ – कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भिमदत्त नगरपालिकाको परिसरभित्र एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।
अब भिमदत्त नगरपालिकाका सेवाग्राहीहरुले तिर्नुपर्ने सम्पुर्ण कर तथा शुल्कहरु यसै एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गर्न सक्नेछन् । यसका साथै सम्पुर्ण बैैकिङ्ग सुविधाहरु पनि यसै काउण्टर मार्फत ग्राहक वर्गहरुले उपभोग गर्न पाउने छन् ।
प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंकका हालसम्म कञ्चनपुरमा ७ शाखा, २ एक्सटेन्सन काउण्टर कैलालीमा ७ शाखा, १ एक्सटेन्सन काउण्टर र डडेल्धुरामा १ गरि कुल १५ शाखा र ३ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन् । दुई महिना भित्र डोटी र वैतडीमा दुई शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ ।
बर्तमान बजारको अवस्थालाई मध्यनजर गरि यस क्षेत्रका ग्राहकहरुको लागि अन्य बैंकले दिईरहेको व्याज भन्दा आकर्षक व्याज प्रदान गर्ने उद्देश्यले कञ्चनले बचत खातामा ७.२५ देखि ८.५० प्रतिशत र मुद्दति खातामा ११ प्रतिशतसम्म व्याज दर कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: