×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव नेतृत्वको नेकपाद्वारा असार १० गते नेपाल बन्द आह्वान (विज्ञप्तिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विप्लव नेतृत्वको नेकपाद्वारा असार १० गते नेपाल बन्द आह्वान (विज्ञप्तिसहित)

६ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – सर्लाहीमा पार्टी जिल्ला इन्चार्जको प्रहरीले गोली हानी हत्या गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव आक्रोशित भएका छन् । बिहिबार नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलमाथि प्रहरीले गोली प्रहार गरी हत्या गरेको थियो ।
शुक्रबार बिहानै एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले केपी ओली सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका छन् ।
उनले आफ्ना नेताको बर्बरतापूर्ण हत्याबिरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। महासचिव विप्लवले पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिएका छन् । कुमारलाई शहिद घोषणा गर्दै हत्याको बदला एकीकृत जनक्रान्तिमार्फत नै लिने उनले उद्घोष पनि गरेका छन् ।
राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको उनले दावी गरेका छन् ।
महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ । त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ ।’
कुमारलाई नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरिसकेपछि जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको भन्दै महासचिव विप्लवले फासिवादी सरकारले दोहोरो भीडन्त भएको भन्दै गरेकाे दाबी खारेज गरिदिएका छन् ।
साथै हत्याको सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल समेत गरेका छन् । उनले वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी ओली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गरेका छन । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिएका छन् ।
जारी वक्तव्यमा भनिएको छ- ‘पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ ।’
सरकारद्वारा हत्या गरिएका कुमार पौडेललाई उनले महान् सहिद घोषणा गरेका छन् र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता विप्लवले गरेका छन् ।
महासचिव विप्लवको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’
नेकपाले हत्याका विरुद्ध सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रमहरूअन्तर्गत असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्द रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी