Skip to content
LAXMI SUNRISE BANK

विज्ञहरुद्धारा जलवायु परिवर्तनसम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ – विज्ञहरुले जलवायु परिवर्तनसम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन । वातावरणविद् डा. विमल रेग्मीले जलवायु परिवर्तनसम्बन्धि समस्या समाधानका लागि छुट्टै कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिनु भएको हो । बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले जलवायु परिवर्तनको समस्या विश्वकै समस्या भएकाले यसको समाधानका लागि सरकारले छुट्टै कानुनी तथा नीतिगत संरचना तयार पार्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
अर्का विज्ञ रामप्रसाद रेग्मीले जलवायु परिवर्तनको अवस्थाबारे वैज्ञानिक अध्ययन गर्न सरकारसँग आग्रह गर्नु भयो । उहाँले जलवायु परिवर्तनले पारेको असरबारे तथ्यांक संकलन नभई यसको समस्या समाधान गर्न नसकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
विज्ञहरुले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त गराउन स्थानीय तहकै जनशक्तिको उचित परिचालन गनुपर्नेमा पनि जोड दिएका थिए ।हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK