काठमाडौँ – प्रभु बैंक लिमिटेडले जेठ ३० गतेदेखि कैलाली जिल्ला गोदावरी नपा वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको गोदावरी नपाका नगर प्रमुख हरिसिंह साउदले उद्घाटन गरेका हुन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।
बिहीबारदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको सेवाउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्