×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखाद्धारा विपन्न वर्गका विद्यार्थीहरुलाई झोला वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखाद्धारा विपन्न वर्गका विद्यार्थीहरुलाई झोला वितरण

Artha Sarokar

२८ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखाले देवचुली नगरपालिका–१६, रजहर स्थित देवचुली माध्यमिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।
श्री ईन्भेष्टमेन्ट फाईनान्सको २५ औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई झोला वितरण गरिएको श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखा प्रबन्धक हरीसापकोटाले बताए ।
विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं. १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री,बिशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बोहरा, विद्यालय प्रधानाध्यापक नारायण प्रसाद भन्डारी, देवचुली कलेजका क्याम्पस प्रमुख राजनगौतम, हर्कपुर शाखाका प्रबन्धक रोशन सुवेदी तथा फाईनान्सका कर्मचारीको उपस्थितिमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो ।
निम्न आर्थिक अवस्था भएका सो विद्यालयका विद्यार्थीहरुलाई ११० थान स्कुल झोला वितरण गरिएको फाईनान्सले जनाएको छ । २०५२ सालमा स्थापना भएको श्री ईन्भेष्टमेन्ट फाईनान्सको देशभर १३ वटाशाखा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी