×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई १००ः८० स्वाप रेसियोमा एक्वायर गर्ने

PRIME CA

साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई १००ः८० स्वाप रेसियोमा एक्वायर गर्ने

२१ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्तलाई एक्वायर गर्ने भएको छ । साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई १००ः८० सेयर स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो ।
दुवै लघुवित्तले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा बोलाएका छन् । उक्त सभामा संस्थाले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः८० सेयर स्वाप रेसियो पारित गर्ने एजेन्डा पनि रहेको छ । 
यसआधारमा, आर्थिक समृद्धिको हाल १०० कित्ता सेयर हुने लगानीकर्ताले एक्विजिसनपछि साधना लघुवित्तको ८० कित्ता सेयर पाउनेछन् । यता, एक्विजिसनपछि कायम हुने चुक्ता पुँजीको १००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । साधनाको साधारण सभा होटल सत्यम, गोरखा नगरपालिका-६, गोरखामा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, आर्थिक समृद्धिको सभा होटल मुस्ताङ बन्दिपुर, तनहुँमा बिहान ११ बजे बस्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: