Skip to content
LAXMI SUNRISE BANK

आज विप्लव नेतृत्त्वको नेकपाले आह्वान गरेको नेपाल बन्द, कस्तो छ प्रभाव ?

अर्थ सरोकार

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले आज जेठ १३ गते नेपाल बन्दको आह्वान गरेको नेपाल बन्दको देशभर प्रभाव देखिएको छ । अघिल्लो दिन ठाउँ-ठाउँमा बम भेटिनु, केहीको मृत्यु हुनुले पनि आजको बन्द बढी प्रभावकारी भएको हो । पार्टीले बन्दको पूर्वसन्ध्यामा सोमबार देशका विभिन्न स्थानमा मशाल जुलूससमेतको समेत आयोजना गरेको थियो भने ठाउँ-ठाउँमा बम राखेको थियो । आफ्ना कार्यकर्तालाइ सरकारी पक्षले हत्या गरेको आरोप लगाउँदै पार्टीले बन्दको आह्वान गरेको हो । 
काठमाडौँ उपत्यकामा स्कुल-कलेजहरु बन्द छन् । विहानको माहोल हेर्ने हो भने गाडीहरु चलेका छैनन् । मोफसलमा बन्दको प्रभाव देखिएको राम्रै देखिएको छ । चितवन विहान लगभग ठप्प देखिन्छ । नेपालगंज, भैरहवा, सर्लाही, सिराहा लगायतका ठाउँमा पनि बन्दको प्रभाव परेको हाम्रा स्थानीय सम्बाददाताहरुले जनाएका छन् । विराटनगर, बुटवल, धनगढी, महेन्द्रनगर, रोल्पा, सल्यान, प्यूठान, नेपालगंज, पोखरा, धरानलगायतका ठाउँमा भने बन्दको असर देखिएको छ ।
यता बन्दको पूर्व सन्ध्यामा सशस्त्र प्रहरी बलले उपत्यकाका विभिन्न स्थानबाट पार्टीका कार्यकर्तालाई हात हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरेको छ । कुकुर बम बनाएर सहरका विभिन्न भागमा विस्फोटको तयारी गरिरहेको अवस्थामा उनीहरूलाइ पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी बल स्रोतका अनुसार पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका घर भएका आशिष भनिने डम्बरबहादुर तामाङ, सल्यान बाघ भैरब घर भएका भक्तपुरको विद्यार्थी जिल्ला अध्यक्ष चित्र कमल ओली, भक्तपुर ठिमीका नेवा मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ, ओखलढुंगा चण्डेश्वरीका बुद्धिबहादुर सुनुवार, त्रिवेणी ५ रोल्पा घर भएका भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, मेचीनगर ३ झापा घर भएका तेजराज काफ्ले, रामेछाप खाँडदेवी २ घर भएका तेजबहादुर मोक्तान रहेका छन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK