×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकले २० लाख कित्ता ऋणपत्र शुक्रबारदेखि निष्काशन गर्दै, १०.२५% ब्याज !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकले २० लाख कित्ता ऋणपत्र शुक्रबारदेखि निष्काशन गर्दै, १०.२५% ब्याज !

७ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बंगलादेश बैंकले २० लाख कित्ता ऋणपत्र शुक्रबारदेखि बिक्रीमा आउने भएको छ । बैंकले बिक्रि गर्ने ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र सामूहिक लगानी कोषहरुलाई ४० हजार कित्ता छुट्याइनेछ भने बाँकी १२ लाख कित्ता ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले ‘१०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र १० वर्षमा परिपक्क हुनेछ । लगानीकर्ताले प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्म जेठ १४ गते भित्र आवेदन दिन सक्नेछन् । सो अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार ८ गतेसम्म भर्न सकिनेछ ।
ऋणपत्र बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएको छ । साथै नेपाल बंगलादेश बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंबाट पनि फारम भर्न पाइनेछ । यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ७० प्रतिशत कर्जा लगानी, १० प्रतिशत लागनी, १० प्रतिशत शाखा बिस्तार र १० प्रतिशत अन्य प्रयोजनका लागि उपयोग हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी