काठमाडौँ – नयाँ वर्षको उपलक्ष्यमा युनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकहरुको लागि ल्याएको छ, ‘यूनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले १ वटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चाँदी प्राप्त गर्नुका साथै अन्य १० देखि ५० ग्राम चाँदी तथा १ ग्रामदेखि १ तोला सुन जित्ने मौका पाउने छन् ।
कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ । यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले हुण्डाई स्यान्ट्रो कारपनि जित्न सक्नेछन् ।
उच्च गुणस्तरको साथै बेला बेलामा विभिन्न उत्साहवद्र्घक योजना ग्राहक माझ ल्याउँदै आएको यूनाइटेड सिमेन्ट्सले यो बम्पर पुरस्कार योजना नेपाली सिमेन्ट जगत मै पहिलो पटक सबै भन्दा ठूलो मूल्यको बम्पर उपहार योजना रहेको दाबी गरेको छ ।
ललितपुरको लेले स्थित आफ्नै चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन गरि सिमेन्ट तथा क्लिङ्गकर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सको फ्याक्ट्री धादिङ्गको नौबिसेमा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्