×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको १० लाख इकाई ऋणपत्र भर्ने समय लम्बियो, अव कहिलेसम्म पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकको १० लाख इकाई ऋणपत्र भर्ने समय लम्बियो, अव कहिलेसम्म पाइन्छ भर्न ?

२५ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डिबेन्चर नोटिस :
कम्पनी : सनराइज बैंक
खुल्ला हुने मिति : बुधबार, चैत २० गते
इकाई : १० लाख इकाई
भर्ने अन्तिम दिन : सोमबार, चैत २५ गते
ब्याजदर  : १०%
प्रति इकाई मूल्य : १००० 
न्यूनतम इकाई : २५  इकाई
अधिकतम इकाई : ४ लाख इकाई
विवरण :
सनराइज बैंकले १० लाख इकाई ऋणपत्र भर्ने म्याद लम्बिएको छ । यस ऋणपत्रमा सोमबार (चैत २५ गते) सम्म पनि माग अनुसार आवेदन नपरेपछि म्याद लम्बिएको हो । अब यसमा वैशाख १९ गतेसम्म आवेदन दिन पाइनेछ । तर सो अवधि भित्रै माग अनुसार आवेदन परेमा भने पूर्व सूचना दिएर निष्कासन बन्द गरिने बैंकले जनाएको छ ।

बैंकले निष्काशन गरेकोमा कुल इकाईमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । बैंकले सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार इकाईसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।

सनराइज बैंकले ‘१०% सनराइज डिबेन्चर (ऋणपत्र) २०८०’ जारी गर्न लागेको हो । वार्षिक १०% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले न्यून जोखिम जनाउने ‘केयर एनपी ए रेटिङ’ दिएको छ ।
आवेदन दिने ठाउँ :
प्रभु क्यापिटल, काठमाडौँ 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी