×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकका ग्राहकले भारतका १५ वटा अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकका ग्राहकले भारतका १५ वटा अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

Artha Sarokar

१३ चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सनराइज बैंकका ग्राहाकहरुले भारतका विभिन्न १५ वटा अस्पतालमा स्वास्थ्य उपचार गराउँदा छुट पाउने भएका छन् । बैंकले भारतमा उपचार गराउँदा अधिकतम ५० प्रतिशतसम्म छुट दिने व्यवस्था सहित विभिन्न अस्पतालसँग सम्झौता गरेको हो । तर यस्तो सुविधा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट हुने भुक्तानीमा मात्र पाउन सकिने छ ।
बैंकले दिँदै आएको स्वास्थ्य बीमा योजना अनुसार बैंकका बचतकर्ताहरूले अस्पतालमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् ।
बैंकले बीमा दाबी बर्षमा ३ पटकसम् मगर्न सक्ने जनाएको छ । यसअघि बर्षमा एक पटक मात्र बीमा दाबी गर्न सकिन्थ्यो । बैंकले ५ लाखसम्मको दुर्घटना बीमा र नेपालभरका १ सय भन्दा बढी अस्पतालमा २० प्रतिशतसम्मको छुट दिँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी