काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोग उपचारका लागि रकम हस्तान्तरण गरेको छ । कम्पनीले घातक रोग दाबी भुक्तानी वापत रु ५ लाख बराबरको रकम भुक्तानी गरेको हो ।
कम्पनीले बुटवलका बीमित हरि सिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो । कम्पनीका मूख्य सञ्चालन अधिकृत दशरथ मणि खड्काले हरि सिंह ठकुरीलाई सो चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका स्वयम बीमितलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ।
ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ।
जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्