×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संयुक्त राष्ट्र संघद्वारा नेपालको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई एक लाख डलरको सम्मान (भिडियो)

PRIME CA

संयुक्त राष्ट्र संघद्वारा नेपालको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई एक लाख डलरको सम्मान (भिडियो)

७ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- संयुक्त राष्ट्र संघले नेपालको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई एक लाख डलरसहित सम्मान गरेको छ । संयुक्त राष्ट्र संघीय महिलाहरुको अवस्थासम्बन्धी ६३ औं महासभामा महिलाहरुको सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा सो संस्थालाई एक लाख डलरसहित ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’ द्वारा सम्मान गरेको हो ।
बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी संस्थाले निजी क्षेत्रको तर्फबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत आफ्नो संस्थालाई संयुक्त राष्ट्र संघले एक लाख डलरसहित सम्मान गरेको जानकारी दिएको छ । संस्थाकी प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले गएकाे ३ वर्षयता महिला सशक्तिकरणको क्षेत्रमा विश्वमा निजी क्षेत्रहरुले खेल्दै आएको योगदानको मूल्यांकन गरेर आफ्नो संस्थाले सो पुरस्कार प्राप्त गरेको पनि जानकारी दिनुभयो ।
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नेपालको दुर्गम क्षेत्रमासमेत लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरी महिलाहरुको सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत मानन्धरले ग्रामीण क्षेत्रका महिलाहरुमा उद्यम विकास र बजारीकरणसम्बन्धी आवश्यक ज्ञान तथा सीप र त्यसका लागि आवश्यक लगानीको समेत व्यवस्था गरेपछि संयुक्त राष्ट्र संघले आफ्नो संस्थालाई सम्मान गरेको पनि स्पष्ट पार्नुभयो । ९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको यस संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई सीप विकास र तालिम तथा बजारीकरणमा उदाहरणीय काम गर्दै आएको बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: