×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन हाइड्रोको १८ लाख १६ हजार ११० कित्ता आइपिओ बिक्री खुल्ला, फागुन २८ गतेसम्म भर्न पाइने

PRIME CA

माउन्टेन हाइड्रोको १८ लाख १६ हजार ११० कित्ता आइपिओ बिक्री खुल्ला, फागुन २८ गतेसम्म भर्न पाइने

अर्थ सरोकार

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार

आइपिओ नोटिस :
कम्पनी : माउन्टेन हाइड्रो नेपाल
खुला हुने मिति : आज (फागुन २३ गते, बिहिबार)
कित्ता : १८ लाख १६ हजार ११० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्ने अन्तिम म्याद :  फागुन २८ गते
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ८० हजार कित्ता
विवरण : 
माउन्टेन हाइड्रो नेपालको १८ लाख १६ हजार ११० कित्ता आइपीओ आजदेखि खुला भएको छ । कम्पनीले जारी पुँजीको १४.५३% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । तर, यसअघि आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्दा नबिकेको ५ लाख ६६ हजार ११० कित्ता समेत थप गरेर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । दुवै गरी कुल १८ लाख १६ हजार ११० कित्ता बिक्रीमा ल्याइएको हो ।
यसमध्ये ३६ हजार ३२२ (२%) कित्ता कर्मचारी र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकिएको छ । अब बाँकी रहेको १७ लाख ३९ हजार ७८८ कित्ता सेयर सर्वसाधारणलाई खुला गरिनेछ । यसमा बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटले गर्नेछ । 
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल, काठमाडौँ
माउन्टेन हाइड्रोको केन्द्रीय कार्यालय
सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
आइपीओ बिक्रिपछि चुक्ता पुँजी : १ अर्ब २५ करोड रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: