×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल मुख्यालयको बम बिस्फोटमा खुट्टा गुमेका गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ (फोटोसहित)

PRIME CA

एनसेल मुख्यालयको बम बिस्फोटमा खुट्टा गुमेका गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ (फोटोसहित)

अर्थ सरोकार

११ फाल्गुन २०७५, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- ललितपुरको नक्खुमा रहेको एनसेल कार्यालयको गेटमा शुक्रबार साँझ भएको बिस्फोटमा परी घटनास्थलमै एउटा खुट्टा गुमाएका सिंहप्रताप गुरुङको निधन भएको छ । अस्पतालले उनको मृत्युको पुष्टी गरिसकेको छ । यता घाइते भएकी ललितपुरकी २७ बर्षिय प्रतिक्षा खड्का, अनुसा डंगोल मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको स्थिति सामान्य छ ।
नख्खुस्थित एनसेलको मुख्यालयभित्रै भने शक्तिशाली बम बिस्फोट भएको हो । स्फोटमा ३ जना घाइते भएका थिए ।यता गृहमन्त्रालयका प्रवक्ताले भने घटनाबारे आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् । 
तर स्थानीय जनताले भने काठमाडौँको व्यस्त ठाउँमा बम पड्केर घरमा क्षति हुँदा पनि आफुहरुलाई सान्त्वना दिन कोहि नआएको गुनासो पोखेका छन् । ‘अहिलेसम्म यहाँका मेयर, वडा अध्यक्ष, अन्य कुनै जनप्रतिनिधिहरु आएका छैनन् । चुनावमा बाजा बजाएर भोट माग्न आउनेहरु अहिले कुन दुलोभित्र पसे थाहा छैन ।’ एक स्थानीयले गुनासो पोखिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: