![]() |
| तस्विर : एभिन्यूज खबर |
ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयभित्रै भने शक्तिशाली बम बिस्फोट भएको छ । स्फोटमा ३ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनामा परी घटनामा परी २सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएको बताईएको छ । उनीहरूको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ । बम बिस्फोटका कारण वरपरका घरहरुमा पनि क्षति पुगेको छ । यता गृहमन्त्रालयका प्रवक्ताले भने घटनाबारे आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।
तर स्थानीय जनताले भने काठमाडौँको व्यस्त ठाउँमा बम पड्केर घरमा क्षति हुँदा पनि आफुहरुलाई सान्त्वना दिन कोहि नआएको गुनासो पोखेका छन् । ‘अहिलेसम्म यहाँका मेयर, वडा अध्यक्ष, अन्य कुनै जनप्रतिनिधिहरु आएका छैनन् । चुनावमा बाजा बजाएर भोट माग्न आउनेहरु अहिले कुन दुलोभित्र पसे थाहा छैन ।’ एक स्थानीयले गुनासो पोखिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्