×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको लाभांश परिवर्तन, अब सेयरधनीले कति पाउने भए लाभांश ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको लाभांश परिवर्तन, अब सेयरधनीले कति पाउने भए लाभांश ?

२० माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु बैंकले पूर्व घोषित लाभांश परिमार्जन गरेको छ । बैंकले ८% बोनस शेयर वितरण गर्ने नयाँ प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा पूर्व घोषित लाभांश प्रस्ताव बैंकले परिमार्जन गरेको हो। 
यसअघि बैंकले ५% बोनस सेयर र ५.२३६% नगद लाभांश दिने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको प्रभुले जनाएको छ । 
प्रभुले अब ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँको ८% बोनस प्रस्ताव पुनः स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । नयाँ लाभांश राष्ट्र बैंकले स्वीकृत गरेमा आगामी वार्षिक साधारण सभामा पेश हुने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी