×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिश मिडिया नेटवर्कको ९ औं बार्षिक साधारण सभा सम्पन्न, न्यूनतम १०% आइपिओ सर्वसाधारणका लागि जारी गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिश मिडिया नेटवर्कको ९ औं बार्षिक साधारण सभा सम्पन्न, न्यूनतम १०% आइपिओ सर्वसाधारणका लागि जारी गर्दै

Artha Sarokar

१ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा हेमराज ढकालको अध्यक्षतामा पौष २६ गते सम्पन्न भएको छ । सो साधारण सभाले आगामी आर्थिक बर्षमा IPO जारि गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । 
साधारण सभाले यस अघिकै संचालक समिति लाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएको छ । नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ । 
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ । डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको र जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने भएकोले ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी