×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

PRIME CA

अपि पावर कम्पनीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

२४ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – अपि पावर लिमिटेडले आ.व २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ५% बोनस शेयर (कर बाहेक) दिने प्रस्ताव साधारणसभाबाट पास गरेको छ ।
कम्पनीले आफ्नो १५ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । कम्पनीको ५% बोनस शेयर निश्कासन पश्चात कम्पनीको चुक्ता पूँजी रु.११९.०७ करोड पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगड गाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा सञ्चालन भईरहेको र कम्पनीले निर्माण गरिरहेको ८ मे.वा. क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ ।
साथै कम्पनीले प्रबद्र्धन तथा विकाश गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले विकाश गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणको लागी भारतको जनरल इलेक्ट्रोनिक कम्पनीसँग सोलार प्यानलहरु, इनभर्टर तथा अन्य आवश्य सामानहरु खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले १ः२ बराबरको हकप्रद शेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावर लि.ले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ ।
साधारणसभाले नियमन निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) सँग १ः२ को अनुपातमा हकप्रद शेयर निश्कासनको अनुमति छिटोभन्दा छिटो दिन आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: