लाष्ट रिमाइन्डर :
इभेन्ट : एभरेष्ट इन्सुरेन्स
हकप्रद : १०५% संस्थापक
अन्तिम दिन : आज (पुस २२ गते, आइतबार)
विवरण :
एभरेष्ट इन्सुरेन्सको १०५% संस्थापक हकप्रद भर्ने आइतबार (पुस २२ गते) अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एभरेष्टले मंसिर १६ गतेदेखि संस्थापक समूहको १४ लाख ३ हजार ३२५ कित्ता सेयर बिक्री खुला गरेको हो । कात्तिक २६ गतेसम्म मात्र कायम सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।
एभरेष्टले हाल कायम चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँबाट १०५% संस्थापक हकप्रद सेयर निष्कासन गरेको हो । संस्थापक सेयर हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद जारी गरिएको हो । यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गरिनेछ ।
आवेदन दिन सकिने साखाहरु :
सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं
एभरेष्ट इन्सुरेन्सको हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : १३ करोड ३६ लाख ५० हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्नेछ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्