काठमाडौं – कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल कुमार उपाध्याय नियुक्त भएका छन् । लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएपछि प्रमुख कार्यकारी अधिकृतमा उपाध्यायलाई नियुक्त गरिएको हो । पूर्व डिजिएम समेत रहेका उपाध्यायलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल कुमार उपाध्याय, कपीलमणि ज्ञवाली, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का र शंकर रायमाझीमध्ये बैंक संचालन कार्य योजनाका आधारमा उपाध्यायलाई सीइओ बनाउने संचालन समितिले निर्णय गरेको हो ।
कृषि विकास बैंकमा विगत ३० वर्षको लामो बैंकिङ अनुभव भएका उनी उक्त बैंकको पुर्व डिजिएम समेत हुन् । नवनियुक्त सीइओ उपाध्यायले यसअघि कृषि विकास बैंकको विभिन्न विभाग र तहमा बसेर काम गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्