- सरला राउत / अर्थ सरोकार डटकम
काठमाडौँ- विभिन्न मागसहित सेयर लगानीकर्ताहरु अहिले संघर्षमा छन् । सेयर लगानीकर्ताद्वय हरि ढकाल र तिलक कोइराला अनसनमा छन् । सेयर कारोबार नगर्न आह्वान गरेर उनीहरु आमरण अनसनमा छन् । तर यहि बेला स्टक ब्रोकरहरुले सेयर कारोबार नरोक्ने अडान लिएको छ । नियमानुसार सेयरको कारोबार भइरहेको बताउने उनीहरुले लगानीकर्ताको आन्दोलनमा पूर्ण रुपमा ‘असहयोग’ गरिरहेका छन् ।
तर यहि बीचमा लगानीकर्ताहरुले भने खुलेरै अनसनलाई समर्थन जनाएका छन् । सोमबार नेप्सेमा देखिएको लगानीकर्ताको भीडले पनि आन्दोलनलाई लगानीकर्ताको कतिको साथ छ भनेर देखाएको थियो । हेरौं सोमबार नेप्से परिसरका केहि झलक :