Skip to content
LAXMI SUNRISE BANK

एसबीआई बैंकले गर्यो १५.७९% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल एसबीआई बैंकले १५.७९% लाभांश दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५% बोनस सेयर र १०.७९% नगद दिने निर्णय गरेको हो । 
 सञ्चालक समितिबाट प्रस्तावित लाभांश अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । हाल यसको चुक्ता पुँजी ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ८ अर्ब ४४ करोड ९२ ५० हजार रुपैयाँ पुग्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK