Skip to content
LAXMI SUNRISE BANK

मिथिला लघुवित्तले १०.४५% बोनस सेयर दिँदै, कर तिर्न ०.५५% नगद पनि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाले १०.४५% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको  सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १०.४५% बोनस र यसमा लाग्ने कर तिर्न ०.५५% नगद पनि दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले  प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । मिथिलाको हाल चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ७ करोड २८ लाख ७२ हजार ६३३ रुपैयाँ पुग्नेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK