
छोटेलाल रौनियारज्यू,
नमस्कार !
सुरुमा त मङ्सिर १० गते तपाईंले लगानीकर्ताको दबाब कार्यक्रममा ब्रोकरहरुलाई ‘चोर’ भनेको घटनाप्रति दु:ख प्रकट गर्दछु । घटनाभन्दा पनि तपाईंको सोचप्रति दु:ख प्रकट गर्दछु । ब्रोकरलाई बिनाकारण चोरको बिल्ला भिराउने तपाईं लाई केहि प्रश्नहरु सोध्न मन लागेकाले यो पत्र लेख्दैछु । कृपया पूरा पढ्ने प्रयास गर्नुहोला ।
१. इन्भेष्टर्स फोरमको उपाध्यक्ष रहनुभएको तपाईंले सोहि हैसियतमा भाषण गर्दै ब्रोकरलाई ‘चोर’ भन्नुभयो । अनि तपाईंलेचाहीं नेप्सेमा सुटुक्क छिरेर साउदसँग कुरा मिलाउने अनि आफु आन्दोलनमा नआउने तपाईंकै फोरमका अध्यक्षले अर्हाएको काम गरिरहेको हेक्का राख्नुपर्ने । कुन नैतिक धरातलमा ब्रोकरलाई चोर भन्नुभयो ? यसको कुनै प्रमाण छ तपाईंसँग ? आफ्नो संघका अध्यक्षले केके गरिरहेका छन्, हेक्का राख्नुपर्ने तपाईंले । ब्रोकरका पनि केहि कमजोरी पक्कै होलान् । तर तपाईंले भनेजस्तो ‘चोर’ नै हुनुपर्ने गरी केहि गरेका छैनन् । अरुको आङको जुम्रा देख्नुभन्दा अघि आफ्नो आङको भैंसी देख्नुपर्छ तपाईंले ।
२. तपाईंले लगानीकर्ताको दवाव कार्यक्रममा बोलेको हामीले विभिन्न मिडियामा हेर्यौं । लगानीकर्ताले नारा लगाउँदा तपाईंले ‘वाईकोले काम गरिरहेको छ, उहाँहरुले काम गरिरहनुभएको छ’ भनेर पटक-पटक वाईकोकै बचाउ गरिरहनुभएको थियो । यसको पछाडीको रहस्य के हो ? तपाईं पटक-पटक वाईको पुग्नुभएको छ । कहिले कुनै संघको सल्लाहकार भएर त कहिले फोरमको उपाध्यक्ष भएर ! खासमा वाईकोलाई बचाउनुपर्ने तपाईंको खास कारण के हो ? तपाईंलाई लगानीकर्ता प्यारो कि वाईको ? तपाईं वाईकोले चलाएको संघको उपाध्यक्ष कि लगानीकर्ताको संघको उपाध्यक्ष ?
३. धेरै सचेत लगानीकर्तालाई थाहा छ तपाईं पदको लोभमा इन्भेष्टर्स फोरममा जानुभयो । नत्र सेयर लगानीकर्ता संघ नेपाल किन छोड्नु भयो ? बस् पदका लागि ? बार्गेनिङका लागि ? पटक पटक उठेको यो प्रश्नको उत्तर छ तपाईंसँग ? अनि कुन धरातलमा उभिएर ब्रोकरलाई ‘चोर’ भन्दै हुनुहुन्छ ?
४. बैंकबाट मार्जिन कल आएपछि तपाईंले बैंकरलाई थर्काएको बिर्सनुभयो ? यति तल्लोस्तरको काम गर्ने अनि ब्रोकरलाई चोर भन्ने अलिकति पनि नैतिकता छैन ?
५. ब्रोकरले कहाँ गल्ती गरे ? त्यहि नेप्सेले ब्रोकरलाई मात्र अनलाइनको युजरनेम दिंदा यसबारे नेप्सेको विरोधमा केहि बोल्नुभयो ? अझ वाईकोले गरेको काम ठिकै छ भन्न अलिकति पनि लाज लागेन ?
अलिकति त लाज सरमको पनि ख्याल गर्नुहोस् छोटेलालजी ! तपाईंको फोरममा जानुको नियत सबैले बुझेका छन् । छताछुल्ल नपार्नुहोस् । ब्रोकरलाई बिना कारण चोर भन्ने अधिकार कसैलाई छैन । भोलि तपाईंलाई कसैले डाका भन्यो भने त्यसको स्पष्टीकरण दिनुपर्दैन ? विचार गरेर बोल्नुहोला । नाम जस्तै छोटो बुद्धि नगरेकै राम्रो । तपाईंसँग लगानीकर्ताले केहि आश नगरेपनि, एउटा जिम्मेवार संघको उपाध्यक्षसँग आम लगानीकर्ताले धेरै आश गरेको हुन्छ ।
लगानीकर्ताको हक चिताउने
एक ब्रोकर हाउसका कर्मचारी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्