
काठमाडौँ – माछापुच्छ्रे बैंक लि.ले १०% नगद लाभांश दिने भएको छ । बैंकले बुधबार बसेको सञ्चालक समितिको बैठकमा गत बर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १०% नगद लाभांश दिने निर्णय गरेको छ ।
बैंकले उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित गरे पछि मात्र कार्यान्वयनमा ल्याइनेछ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ भने साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित गरेको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्