- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेको इन्सुरेन्सको आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ५ करोड ६७ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५७.०६% बढि हो । गत वर्ष कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बिमा शुल्क ३० करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको भन्दा २९.०८% ले धेरै हो । पुनर्बिमा कमिसनबाट ५ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको छ । यस अवधिसम्म कम्पनीले ५२ करोड ३९ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । नेकोले १९ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
भुक्तानी हुन बाँकी दाबी रकम ३७ करोड ९९ लाख रुपैयाँ छ । यस इन्सुरेन्सको जारी बिमा लेखको संख्या ६८ हजार ४६३ पुगेको छ । नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ करोड ३४ लाख रुपैयाँ छ ।
कम्पनीले बिमा कोषमा ४५ करोड ८२ लाख रहेको छ । नेकोले महाविपत्ति जगेडा कोषमा पनि ४ करोड १९ लाख रुपैयाँ राखेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ४२ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्