×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारदेखि अरुण भ्याली हाइड्रोपावरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला, यी ठाउँहरुबाट भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबारदेखि अरुण भ्याली हाइड्रोपावरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला, यी ठाउँहरुबाट भर्न सकिने

Artha Sarokar

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज सोमबार (वैशाख ६ गते)देखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५०% अर्थात् ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले हकप्रद सेयरका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ भने चैत ८ गतेसम्म कायमले सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यता हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई तोकिएको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी