×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको नाफा ८६.५३% ले वृद्धि, प्रति सेयर आम्दानी ४० रुपैयाँ ५ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसीसी बैंकको नाफा ८६.५३% ले वृद्धि, प्रति सेयर आम्दानी ४० रुपैयाँ ५ पैसा

२९ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनसीसी बैंकको आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ८६.५३% ले वृद्धि गरेर ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले २५ करोड १४ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८० करोड ८० लाख ७५ हजार रुपैयाँ कमाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १३२.४५% ले धेरै हो । गत वर्षको यही अवधिमा खुद ब्याज आम्दानी ३४ करोड ७६ लाख २४ हजार रुपैयाँ मात्र थियो । यस्तै, सञ्चालन नाफा पनि ८०.१९% ले बढाएर ६१ करोड ३० लाख ८१ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले निक्षेप संकलन ६२ अर्ब ८४ करोड ३० लाख २८ हजार रुपैयाँ गरेर कर्जा प्रवाह ५७ अर्ब ३० करोड १९ लाख ४३ हजार रुपैयाँ गरेको छ भने जगेडा कोषमा ४ अर्ब ९० करोड ८० लाख ७८ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ३.६९% रहेको छ भने प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी