×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी बैंकको नाफा ९८% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्चुरी बैंकको नाफा ९८% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

२९ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सेन्चुरी बैंकले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २७ करोड ४० लाख २ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत बर्सको तुलनामा ९८% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा १३ करोड ३८ लाख ३ हजार रुपैयाँ मात्र थियो ।
बैंकको खुद ब्याज आम्दानी ७२.१८% बढेर ८० करोड १५ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ४६ करोड ५४ लाख रुपैयाँ मात्र कमाएको थियो । सञ्चालन नाफा पनि १०४.७८% बढेर ३९ करोड १४ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह क्रमश: ३८% र ४२% ले वृद्धि गरेको छ । बैंकले ६२ अर्ब ३७ करोड ९ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ५४ करोड ५० लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  बैंकको जगेडा कोषमा भने १ अर्ब ३८ करोड २५ लाख ६८ हजार रुपैयाँ रहेको छ । 
बैंकको खराब कर्जा  ०.८२% रहेको छ भने  प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी