Skip to content
LAXMI SUNRISE BANK

नेपाल बंगलादेश बैंकको खुद नाफा ३१.४०% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बंगलादेश बैंकको आर्थिक वर्ष २०७५/७६ को ३ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार खुद नाफा  ३० करोड १९ लाख १४ हजार रुपैयाँ  आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ३१.४०% ले धरै हो । गत वर्षको एस बैंकको खुद नाफा २२ करोड ९७ लाख ७५ हजार रुपैयाँ कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी १०१.३४% ले बढोत्तरी गरेर ६९ करोड ३ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष  खुद ब्याज आम्दानी ३४ करोड २८ लाख ९३ हजार रुपैयाँले आर्जन गरेको थियो । सञ्चालन नाफा पनि ३८.१९% को वृद्धि हुँदै ४५ करोड ६ लाख १ हजार रुपैयाँ पुगेको छ ।
बैंकले निक्षेप संकलन ४७ अर्ब ६ करोड ९६ लाख ४५ हजार रुपैयाँ गरेर कर्जा लगानी ४८ अर्ब ४१ करोड २८ लाख ६५ हजार रुपैयाँ गरेको छ ।  बैंकको जगेडा कोषमा ४ अर्ब ६ करोड ४० लाख ९४ हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा १.५५% रहेको छ भने प्रतिसेयर आम्दानी  १४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK