×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्डले गर्यो प्रगति, खुद नाफा २६.७७% ले वृद्धि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्टान्डर्ड चार्टर्डले गर्यो प्रगति, खुद नाफा २६.७७% ले वृद्धि

Artha Sarokar

२७ कार्तिक २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकको आर्थिक वर्ष २०७५/७६को ३ महिनाको वित्तिय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २६.७७% ले धरै हो । 
त्यस्तै गरि बैंकको खुद ब्याज आम्दानी १२.२०% ले बढेर ८४ करोड २३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ७५ करोड ७ लाख ४३ हजार रुपैयाँ मात्र कमाएको थियो ।साथै सञ्चालन नाफा पनि २६.७७% ले बढेको छ । गत वर्ष बैंकको सञ्चालन नाफा ७१ करोड ४५ लाख ७० हजार रुपैयाँबाट बढोत्तरी गरेर यस वर्ष ९० करोड ५९ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । 
यता बैंकले निक्षेप संकलन ७१ अर्ब ४२ करोड १५ लाख ७९ हजार रुपैयाँ गरेर ४० अर्ब ८३ करोड ५२ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको जगेडा कोषमा ६ अर्ब ७८ करोड ९१ लख १ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ०.२१% रहेको छ भने प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ७४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी