×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकले गर्यो प्रगति, खुद नाफा १६८.४६% वृद्धि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंकले गर्यो प्रगति, खुद नाफा १६८.४६% वृद्धि

Artha Sarokar

२० कार्तिक २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको रिपोर्ट अनुसार बैंकको खुद नाफा १६८.४६% वृद्धि गरेर ९ करोड १८ लाख ५८ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकको खुद नाफा ३ करोड ४२ लाख १७ हजार रुपैयाँ मात्र कमाएको थियो ।
गरिमाले खुद ब्याज आम्दानी ३० करोड ३ लाख ४ हजार रुपैयाँ कमाएको छ । यो आम्दानी गत वर्षको तुलनामा  ६२.२१% ले धरै हो । बैंकको सञ्चालन नाफा १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । बैंकले २२ अर्ब ८८ करोड निक्षेप संकलन गरेर २० अर्ब ८१ करोड कर्जा लगानी गरेको छ । 
बैंकको जगेडा कोषमा ४६ करोड ४९ लाख ५१ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.८४% रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ६७ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी