
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कैलाश विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ ।उक्त विवरण अनुसार बैंकको खुद नाफा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १९.०८% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा ९ करोड ७२ लाख ४२ हजार रुपैयाँ मात्र थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी ७२.८०%ले वृद्धि गरेर २६ करोड ७० लाख ३५ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । सञ्चालन नाफा ९८.१९% ले वृद्धि गरेर १७ करोड १३ लाख ८९ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले २४ अर्ब २५ करोड ९३ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेर २० अर्ब ९२ करोड ८८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा १ अर्ब २० करोड ६५ लाख ३२ हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा ०.३०% मा रहेको छ भने बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्