×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकको खुद नाफा ३ करोड २९ लाख ७८ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

देवः विकास बैंकको खुद नाफा ३ करोड २९ लाख ७८ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

Artha Sarokar

१६ कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – देवः विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १.८५% ले वृद्धि भएर ३ करोड २९ लाख ७८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ३ करोड २३ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २७.४२% ले बढेर १५ करोड ३७ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा ५ करोड २४ लाख ९४ हजार रुपैयाँ भएको छ । गत वर्ष यो नाफा ५ करोड ८ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
यता बैंकको निक्षेप १५ अर्ब ८४ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ भने १४ अर्ब ३६ करोड ४० लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोषमा ५१ करोड ३८ लाख १५ हजार रुपैयाँ छ ।
 बैंकको खराब कर्जा भने बढेर २.०९% भएको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ २१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी