
काठमाडौं – लुम्बिनी विकास बैंकको चालु आर्थिक वर्षको प्रथम वर्षमा खुद नाफा ४०२% ले वृद्धि गरेर ८ करोड ११ लाख १७ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष बैंकको खुद नाफा १ करोड ६१ लाख ४८ हजार रुपैयाँ कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८९.५२% ले बढाएर २० करोड ४३ लाख ८५ हजार पुर्याएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १० करोड ७८ लाख ४३ हजार रुपैयाँ मात्र गरेको थियो । सञ्चालक नाफा ११ करोड ५० लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएको कारणले गर्दा खुद नाफा पनि वृद्धि भएको हो ।
लुम्बिनीले यस त्रैमास सम्ममा २१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८ करोड २५ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैयाँ छ । बैंकको जगेडा कोषमा १ अर्ब २२ करोड ७१ लख ७० हजार रुपैयाँ जम्मा भइसकेको छ ।
बैंकले खराब कर्जामा पनि सुधार गरेको छ । गत वर्ष ३.१६% रहेको लुम्बिनीको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा २.८६% मा सीमित भएको छ । बैंकको कस्ट अफ फन्ड ८.६१% रहेको छ । कर्जा निक्षेप अनुपात पनि ७८.५०% छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ४६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्