काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा १६ लाख २२ हजार रुपैयाँ कमाएको छ भने खुद ब्याज आम्दानी २ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ ।
यस्तै गरि सञ्चालन भने घाटामा गइरहेको छ । बैंकको सञ्चालन घाटा ७१ लाख ९८ हजार रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन १ अर्ब ५० करोड ७९ लाख ७६ हजार रुपैयाँ रहेकोमा १ अर्ब ४० करोड ५८ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकको जगेडा कोषमा भने २ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ । यस त्रैमास सम्ममा बैंकले ९७ लाख ४७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि १ करोड ६१ लाख २६ हजार रुपैयाँ छुट्याइएको छ ।
यता बैंकको खराब कर्जा १.४८% रहेको छ भने प्रतिसेयर आम्दानी ३२ पैसा कायम रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ५७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्