×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि मन्त्रीका कुरा, ‘चीनले नेपाललाई सहयोग गरेकै हो, के गर्नु हाम्रै बुद्धि पुगेन’ (भिडियोसहित)

PRIME CA

कृषि मन्त्रीका कुरा, ‘चीनले नेपाललाई सहयोग गरेकै हो, के गर्नु हाम्रै बुद्धि पुगेन’ (भिडियोसहित)

१२ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- सरकारले चिया तथा कफी खेतीको प्रवद्र्धनमा व्यवसायीहरुलाई आवश्यक सबै खालको सहयोग गर्ने घोषणा गरेको छ । 
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चिया तथा कफी खेतीको प्रवद्र्धनका लागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सोमबार चीनको सिजुवान प्रान्तका चिया व्यवसायीहरुसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चिया तथा कफी खेतीको विकास र बजारीकरणका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र लगानीको लागि उचित वातावरण बनाउने आश्वासन पनि दिए । 
मन्त्री खनालले नेपालको चिया तथा कफीको विकासमा चीनको सहयोगको पनि अपेक्षा गरिएको पनि स्पष्ट पार्नु भयो । उहाँले नेपालको निर्यात व्यापारमा ठूलो सम्भावना बोकेको चियाको विकासमा सरकार पछि परेको स्विकार गर्दै अव त्यसलाई अगाडि बढाउन व्यवसायीहरुसँगै सहकार्य गरेर अघि बढने योजना पनि सार्वजनिक गरे  ।
कार्यक्रममा चिनिया कलाकारहरुले चियाको आवश्यक्ता र औचित्य समेटिएको कला पनि प्रस्तुत गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: