Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा बिल्डिङ तथा कन्सट्रक्सन एक्स्पो हुने, इन्जिनियरिङ, बास्तुबारे निःशुल्क परामर्श लिन पाउने व्यवस्था (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौंमा आगामी मंसीरको पहिला साता ‘बिल्डिङ तथा कन्सट्रक्सन एक्स्पो’ आयोजना हुने भएको छ ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी मंसीर ६ गतेदेखि ९ गतेसम्म सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो । नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणका लागि आवश्यक जानकारी दिन एक्स्पो आयोजना गरिएको युथ कम्युनिटी फर नेप्जिल कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुुवेदीले जानकारी दिए ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा घर बनाउन चाहानेहरुलाई इन्जिनियरिङ, बास्तुबारे निःशुल्क परामर्श लिन पाउने व्यवस्था गरिनेछ । ४ दिनसम्म चल्ने मेलामा २ सय बढि स्टल रहने बताइएको छ । २ लाख बढिले एक्स्पो अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK