×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा बिल्डिङ तथा कन्सट्रक्सन एक्स्पो हुने, इन्जिनियरिङ, बास्तुबारे निःशुल्क परामर्श लिन पाउने व्यवस्था (भिडियो रिपोर्ट)

PRIME CA

काठमाडौंमा बिल्डिङ तथा कन्सट्रक्सन एक्स्पो हुने, इन्जिनियरिङ, बास्तुबारे निःशुल्क परामर्श लिन पाउने व्यवस्था (भिडियो रिपोर्ट)

११ कार्तिक २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौंमा आगामी मंसीरको पहिला साता ‘बिल्डिङ तथा कन्सट्रक्सन एक्स्पो’ आयोजना हुने भएको छ ।

युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी मंसीर ६ गतेदेखि ९ गतेसम्म सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो । नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणका लागि आवश्यक जानकारी दिन एक्स्पो आयोजना गरिएको युथ कम्युनिटी फर नेप्जिल कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुुवेदीले जानकारी दिए ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा घर बनाउन चाहानेहरुलाई इन्जिनियरिङ, बास्तुबारे निःशुल्क परामर्श लिन पाउने व्यवस्था गरिनेछ । ४ दिनसम्म चल्ने मेलामा २ सय बढि स्टल रहने बताइएको छ । २ लाख बढिले एक्स्पो अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: