Skip to content
LAXMI SUNRISE BANK

आइतबारको मन्त्रीपरिषद निर्णय: मलेसियासँग हुने श्रम सम्झौंताको एमओयु र कतार भ्रमण स्वीकृत (भिडियोसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- नेपाल सरकारले मलेसियासँग श्रम सम्झौता गर्नेगरी तयार गरेको एमऐओयुलाई आइतवार बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ। हाल मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएकोमा सो सम्झौता भएसँगै मलेसियामा नेपाली कामदार जाने बाटो खुल्ने भएको छ । 
यस्तै आइतबार बसेको बैठकले गोरखापत्र दैनिकका महाप्रबन्धक बसन्तप्रकास उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको छ भने बैठकले भोलि देखि हुन लागेको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणलाई समेत स्वीकृत गरेको छ। भ्रमणका क्रममा कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। हेर्नुहोस् भिडियो :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK