- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७१ दशमलव ०६ अंकले घटेको छ । आज दुई वटा कम्पनीको मात्रै सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । नारायणी डेभलपमेन्ट बैंक र कुमारी बैंकको प्रमोटर सेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।
सोमबार ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता सबैभन्दा धेरै पोखरा फाईनान्स कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।