×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

Artha Sarokar

११ आश्विन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : महालक्ष्मी विकास बैंक
सुरक्षित गर्ने लाभांश : १५% (८% बोनस सेयर र ७% नगद)
बुक क्लोज : असोज १४ गते, आइतबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज ११ गते, बिहिबार)
विशेष साधारण सभा : असोज २६ गते 

विवरण :

महालक्ष्मी विकास बैंकको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १४ गते (आइतबार) हुने भएको छ । शुक्रबार सेयर कारोबार नहुने भएकाले बैंकको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ ।

साधारण सभाका प्रस्ताव :

८% बोनस सेयर र ७% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने।
अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने

विशेष साधारण सभा हुने स्थान र समय :

अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १५४ रुपैयाँ ३० पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी