Skip to content
LAXMI SUNRISE BANK

तिनाउ विकास बैंकले १२% बोनस र कर तिर्न ०.६३% नगद लाभांश दिँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – तिनाउ विकास बैंकले १२.६३% लाभांश दिने भएको छ । बैंकले आइतबार बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पुँजीको १२% बोनस र कर तिर्नको लागि ०.६३% नगद लाभांश दिने निर्णय गरेको छ । 
यसलाई अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।
नियामक निकाय र साधारण सभाले स्वीकृत गरेपछि मात्र लाभांश वितरण हुनेछ ।
बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख ३४ हजार ९१४.०७ रुपैयाँ रहेको छ भने १२% बोनस सेयरपछि चुक्ता पुँजी ५६ करोड ७७ लाख ६७ हजार १०३.७६ रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK