×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काबेलीको खुद नाफा २ करोड ६० लाख, प्रति सेयर आम्दानी ३० रुपैयाँ ९१ पैसा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

काबेलीको खुद नाफा २ करोड ६० लाख, प्रति सेयर आम्दानी ३० रुपैयाँ ९१ पैसा

Artha Sarokar

६ भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – काबेली विकास बैंकको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा खुद नाफा २ करोड ६० लाख कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १०%ले धेरै हो । अघिल्लो वर्ष  बैंकले २ करोड ३४ लाख खुद नाफा कमाएको थियो । 
बैंकले असार मसान्तसम्ममा ३१ लाख ८९ हजार खराब कर्जा उठाउन सफल भएका छ जसले गर्दा खुद नाफा वृद्धि भएको हो । सोही अवधिमा बैंकको चुक्तापूँजी १९ % ले बढेर ८ करोड ४२ लाख पुगेको छ भने रिजर्भ कोषमा ४ करोड ९८ लाख छुट्याएको छ ।
बैंकले ६६ करोड ८ लाख निक्षेप सङ्कलन गरेको छ भने ६० करोड ४२ लाख कर्जा प्रवाह गरेको छ । बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा ७४ लाख ३ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा १.४८% रहेको छ । प्रतिशेयर आम्दानी (वार्षिक) ३० रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५८ रुपैयाँ ९६ पैसा र तरलता अनुपात ७.३५ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी