Skip to content

एनसीसी बैंकको ५०% हकप्रद बिक्री खुला, कहाँ जाने भर्न ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनसीसी बैंकले सोमबारदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यस हकप्रदमा साउन १४ गतेसम्म कायम सेयरधनीले असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ ।  
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । 
बैंकले हकप्रद बिक्रीबाट आएको रकम तरलता व्यवस्थापन, शाखा विस्तारलगायत काममा खर्च गर्ने जनाएको छ । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख ५३ हजार रुपैयाँ छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्