×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको ५०% हकप्रद सोमबारदेखि खुल्दै, फारम भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसीसी बैंकको ५०% हकप्रद सोमबारदेखि खुल्दै, फारम भर्न कहाँ जाने ?

Artha Sarokar

३ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
 काठमाडौं – भदौ ४ गतेदेखि एनसीसी बैंकको ५०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा साउन १४ गतेसम्म कायम सेयरधनीले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन्  ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । बैंकले हकप्रद बिक्रीबाट आएको रकम तरलता व्यवस्थापन, शाखा विस्तारलगायत काममा खर्च गर्ने जनाएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार २०० रुपैयाँ छ । बैंकले यही पुँजीको ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी